पाँच सय किलोमिटर रेञ्ज दिने एसयूभी एल ईभी-०१ नेपाल भित्रिँदै

पाँच सय किलोमिटर रेञ्ज दिने एसयूभी एल ईभी-०१ नेपाल भित्रिँदै

काठमाडौं : चीनको शंघाई लन्च अटोमोटिभको पहिलो राइट ह्याण्ड ड्राइभ मोडलको रूपमा तयार पारेको प्रिमियम एसयूभी एल ईभी-०१ नेपाल भित्रिने भएको छ।

नेपालका लागि आधिकारिक बिक्रेतामामा वेबोर ग्रुप अन्तर्गतको नेक्सन भेन्चर्स प्रालि नियुक्त गरेसँगै उक्त ईभी नेपाल भित्रिने पक्का भएको हो।

उच्च गुणस्तरीय सेवा प्रदान गरेर ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिने लक्ष्य राखेको वेबर ग्रुपले ग्राहकको विश्वास प्राप्त गर्न बिक्रीपछिको सेवा र प्राविधिक सहयोग पनि उपलब्ध गराउनेछ।

प्योर ईवी प्लेटफार्ममा निर्मित प्रिमियम इलेक्ट्रिक एसयूभी एल ईभी-०१ को लम्बाई ४६४० एमएम, चौडाई १८७० एमएम, उचाई १६५५ एमएम रहेको छ। यसको १९ इन्चको ह्वील रहेको एल ईभी-०१ को ग्राउण्ड क्लियरेन्स १९० एमएम छ।

६७.१ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री र ९९ किलोवाटको मोटर भएको गाडीले पाँच सय किलोमिटरभन्दा बढीको रेञ्ज दिने कम्पनीको दाबी छ।

डीसी फास्ट चार्जरको प्रयोग गरी यसलाई ३५ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

असार १२, २०८१ बिहीबार १४:१०:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।