स्वतिमा र साम्राज्ञीले मुख नसम्हाल्दा निम्तिएको बबन्डर (भिडियो रिपोर्ट)

स्वतिमा र साम्राज्ञीले मुख नसम्हाल्दा निम्तिएको बबन्डर (भिडियो रिपोर्ट)

कान्तिपुर टेलिभिजनको टक शो ‘इट्स माई शो’ मा मुख सम्हाल्न नसक्दा अभिनेत्री स्वस्तिमा खड्का र साम्राज्ञी शाहले एकपछि अर्को धक्का ब्यहोरिरहेका छन्। कार्यक्रममा अर्की अभिनेत्री जसिता गुरुङको अफेयर्स चलेको भन्दै यी दुवै नायिकाले विभिन्न नायकहरूको नाम लिएपछि उनीहरूको तीव्र आलोचना भइनै रहेको छ।

उनीहरूले माफी मागिसके पनि आलोचना र आक्रमणको रफ्तार रोकिने लक्षण छैन। जसिताले इन्स्टाग्रामबाट दुवै नायिकाले आफ्नो व्यक्तिगत जीवनमा आक्रमण गरेको प्रतिक्रिया जनाई सकिन्। अहिले कार्यक्रम ओसिन सिटौलाले चलाउँछिन्। कार्यक्रमका संस्थापक सञ्चालक सुरजसिंह ठकुरीले २३ वर्ष लगाएर बनाएको कार्यक्रमको ब्रान्ड ध्वस्त बनाएको भनेर आलोचना गरिसके। भिडियो रिपोर्ट :

 

असार ११, २०८१ बुधबार २३:३१:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।