श्रीमानविरुद्व बलात्कारको मुद्दा जितिन् तर मुद्दा लडेर सर्वस्व सकियो, क्षतिपूर्ति नपाएपछि आत्मदाहको प्रयास

श्रीमानविरुद्व बलात्कारको मुद्दा जितिन् तर मुद्दा लडेर सर्वस्व सकियो, क्षतिपूर्ति नपाएपछि आत्मदाहको प्रयास

काठमाडौं : वैवाहिक बलात्कारमा दोषी ठहरिएका न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल मंगलबार माइतीघरमा रहेको झण्डा राखेको पोलमा चढिन्। उनी अपराह्न २ बजेतिर आत्महत्या गर्ने भन्दै एक्कासि पोलमा उक्लिइन्। उनले त्यसअघि आफूले आत्महत्या गर्न लागेको फेसबुक पोस्ट गरेकी थिइन्। 

तथापि उनको आत्महत्याको प्रयास भने सफल भएन। प्रहरीले उनको उद्धार गर्यो। उनलाई पोलमा चढ्दा प्रहरीले मुक्किलले डोरी र भर्याङको सहारामा उद्धार गरेको थियो।

​श्रीमानविरुद्ध बलात्कार मुद्दा हालेकी उनले उक्त मुद्दा जितेकी छिन्। उनका श्रीमानलाई अदालतले ७ वर्षको जेल सजाय सुनाएको छ। तर पनि उनले आत्मदाहको प्रयास गरिन। उनी सरकारबाट राहत तथा क्षतिपूर्तिको माग राखेर संघर्ष गर्दै आएकी छिन्। 

उनले पोलमा चढ्नुअघि राखेको फेसबुकमा स्टाटस अनुसार आफूले आत्महत्या गर्न लागेको बताएकी छिन्। पाेलबाटै फेसबुक लाइभमा रुँदै आफ्ना कुराहरू राखेकी उनले आफू झण्डाबाट हाम्फालेर आत्महत्या गर्ने बताइन्। उनले मुद्दा लडेर सर्वस्व सकिएको तर कतैबाट सहयोग नपाएको भन्दै आत्महत्या सम्मको सोचमा पुगेको बताएकी छन्। 

श्रीमान् भुवन गिरीबाट बलात्कृत भएको भन्दै मुद्दा दायर गरेकी उनी पटकपटक आत्महत्याको प्रयास गर्दै आएकी छन्। गत माघ २ गते सर्वोच्च अदालतअगाडि आत्मदाहको प्रयास गरेकी उनले गत चैत २१ गते सर्वोच्च अदालत परिसरमै विष सेवन गरेकी थिइन्। 

असार १०, २०८१ मंगलबार २१:१८:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।