भारतीय यात्रुले गरे ‘फोन पे’मा २५ करोडको कारोबार

भारतीय यात्रुले गरे ‘फोन पे’मा २५ करोडको कारोबार

काठमाडौं : भारतीय यात्रुले नेपालमा यूपीआई (यूनिफाइड पेमेन्ट्स इन्टरफेस)बाट फोनपे नेटवर्कमा छोटो समयमै ठूलो कारोबार गरेका छन्।

फोन पेका अनुसार गत फेब्रुअरी २८ मा सेवा सुरू भएयता यूपीआईको प्रयोगबाट २५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो। यो कारोबार देशका ७७ वटै जिल्लामा एक लाखभन्दा बढी पटक भएको कम्पनीले जनाएको छ।

फोन पे नेटवर्कमार्फत यूपीआई भुक्तानीको सजिलो, सुरक्षित र द्रुत सेवाले भारतीय पर्यटकको कारोबारमा वृद्धि ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको फोन पेको दाबी छ। 

फोन पेका अनुसार नेपालको ८० प्रतिशत क्यूआर कोड प्रणालीले फोन पेमार्फत यूपीआई भुक्तानी लिन सक्छन्।

फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवास कुमारले यूपीआई भुक्तानीलाई ग्राहकले छोटो समयमै निकै धेरै प्रयोग गर्नुले बढ्दो माग देखिएको बताए।

फोन पेले नेपाली नागरिकले भारतमा पनि यूपीआई भुक्तानी गर्नसक्ने गरी प्राविधिक र सञ्चालन तयारी पूरा गरिसकेको र नेपाल राष्ट्र बैंकको अनुमतिको प्रतिक्षामा रहेको बताएको छ। 

असार १०, २०८१ मंगलबार २०:३६:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।