सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तर्देशीय डिजिटल भुक्तानीका लागि सहकार्य

सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तर्देशीय डिजिटल भुक्तानीका लागि सहकार्य

काठमाडौं : सानिमा बैंकले नेपाल क्लियरिङ हाउससँग नेपाल र भारतमा अन्तर्देशीय सरल र सजिलो डिजिटल भुक्तानी सुबिधा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ।

उक्त सम्झौता पत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मानसिंह प्रधानले हस्ताक्षर गरे। 

यस सहकार्यबाट दुबै देशका नागरिकहरूलाई एनसीएचएल नेटवर्क मार्फत नेपाल राष्ट्र बैंकको नियमानुसार रकमान्तर गर्न सहज र झन्झटरहित डिजिटल भुक्तानी सेवा प्रदान हुने उद्देश्य रहेको बताइएको छ। 

सानिमा बैंकका देशका सातै प्रदेशमा १३३ कार्यालयहरू तथा १२४ वटा एटिएम सञ्जाल रहेका छन्।

असार १०, २०८१ मंगलबार १८:५६:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।