अभिनेत्री जसिताको आपत्तिपछि स्वस्तिमा र साम्राज्ञीले माफी मागे, ओसिन र कान्तिपुर मौन

अभिनेत्री जसिताको आपत्तिपछि स्वस्तिमा र साम्राज्ञीले माफी मागे, ओसिन र कान्तिपुर मौन

काठमाडौँ : कान्तिपुर टेलिभिजनको इट्स माइ शोमा जसिता गुरुङको निजात्मक जीवनबारे बोलेको विषयमा अभिनेत्री स्वस्तिमा खड्का र साम्राज्ञी शाहले माफी मागेका छन्। यी दुवैले कार्यक्रम सञ्चालिका ओसिन सिटौलाको प्रश्नको उत्तर दिने क्रममा जसिताको प्रेम सम्बन्ध रहेको भन्दै विभिन्न अभिनेताहरूसँग नाम जोडेका थिए।

उनीहरूको टिप्पणीप्रति आपत्ति जनाउँदै जसिताले इन्ट्राग्राममा जसले व्यक्तिगत रूपमा चिन्दैनन् उसको बारेमा राष्ट्रिय टेलिभिजनमा व्यक्तिगत जीवनबारे कुरा गर्छन् भन्दै आपत्ति जनाउँदै प्रश्न गरेकी थिइन्।

’ के तपाईँलाई थाहा छ मैले मेरो विगतमा के भोगेको छु? के तपाईँलाई लाग्दैन कि मेरो परिवारले तपाईँको अन्तर्वार्ता र समाचार हेर्नेछन्? एक महिलाको रूपमा तपाईँ समुदायको लागि कस्तो उदाहरण प्रस्तुत गर्दै हुनुहुन्छ?’ भन्दै उनले थप प्रश्न गरेकी थिइन् ‘कसैको व्यक्तिगत जीवनलाई सार्वजनिक रूपमा बदनाम गर्ने र छलफल गर्नुको कारण के हो?’

यसबारे प्रसारण संस्था कान्तिपुर टिभीले कुनै प्रतिक्रिया जनाएको छैन। अनि युट्युबमा राखेको भिडियो समेत संशोधन गरेको छैन। कार्यक्रम सञ्चालिका ओसिन मौन छन्। यी दुई अभिनेत्रीको अभिव्यक्तिप्रति अभिनेता अनमोल केसीले समेत जसिताको इन्स्टाग्राम पोस्टमा प्रतिक्रिया दिएपछि स्वस्तिमा र साम्राज्ञी दुवैले जसिताको सोही पोस्टमा माफी मागेका हुन्।

स्वस्तिमाले ‘तिम्रो भावनामा चोट पुर्याएकोमा म माफी चाहन्छु र तिमी सधैँ मेरो राम्रो साथी हो’ भनेर प्रतिक्रिया लेखेकी छिन्।

उनी लेख्छिन्, ‘तिम्रो भावनामा चोट पुर्याएकोमा म साँच्चै माफी चाहन्छु। यो एक रमाइलो कार्यक्रम थियो र धेरै उत्साहमा प्रकट भयो। तिमी सधैँ मेरो लागि एक धेरै राम्रो साथी छौँ र एक पटक फेरि म तिमीसँग माफी चाहन्छु।’

उनको प्रतिक्रियापछि साम्राज्ञीले आफूले कुनै महिलालाई मात्र नभई कसैलाई पनि नीच देखाउने बारेमा नसोचेको भन्दै भावनामा चोट पुर्याएकोमा माफी चाहन्छु भनेकी छन्।

‘र्यापीड राउन्डमा एक स्थितिमा राखिएको थियो र हामीले नतिजाको बारेमा सोचेका थिएनौँ। तर, कुनै पनि तरिकाले तपाईँलाई धम्क्याउने प्रयास गरेका थिएनौँ। तपाईँको भावनामा चोट पुर्याएकोमा माफी माग्न चाहन्छु।’

अनमोलले स्वस्तिमा र साम्राज्ञीलाई रिल अर्थात् फिल्मको क्यारेक्टरमा नभई रियल वास्तविक जीवनमा फोकस हुन भनेका छन्। जसिता र अनमोलले हालै फर्की फर्की फिल्ममा सँगै अभिनय गरेका थिए। उनीहरू जेरीमा पुन सँगै अभिनय गर्दैछन्।

सम्बन्धित समाचार

असार १०, २०८१ मंगलबार १६:२८:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।