१५ दिन लगाएर देशभर फैलियो मनसुन

१५ दिन लगाएर देशभर फैलियो मनसुन

काठमाडौं : कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको मनसुन देशभर फैलिएको छ।

जेठ २८ गते कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको मनसुन असार १० गते पश्चिम क्षेत्रमा पुगेर देशभर फैलिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार असार ६ गते मनसुन कोशी प्रदेशको बाँकी भूभाग, मधेश, बागमती, गण्डकीको अधिकांश भूभाग र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा आगमन भएको थियो।

यसवर्ष मनसुन देशभर फैलिन १५ दिन लागेको छ। महाशाखाले मनसुनी प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको र सोही अनुसारको नियमित बुलेटिन पनि जारी गर्दै जाने जनाएको छ।

मनसुनको समयमा बाढी, पहिरो, डुबान, भूक्षय जस्ता प्रभावका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन, स्वास्थ्य लगायतका क्षेत्र प्रभावित हुने भएकाले त्यस्तो सम्भावित जोखिम र क्षतिबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन मौसन सूचनाको जानकारी लिन समेत महाशाखाले आग्रह गरेको छ।

असार १०, २०८१ मंगलबार ०७:०५:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।