सरकारले संसदलाई असाध्यै हेप्यो : सांसद पौडेल

सरकारले संसदलाई असाध्यै हेप्यो : सांसद पौडेल

काठमाडौं : नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारले संसदलाई असाध्यै हेपेको बताएका छन्।

सोमबारको प्रतिनिधि सभा बैठकमा सांसद पौडेलले मन्त्रीहरुले आफ्नै निर्वाचन क्षेत्रमा बजेट लगेर, प्रश्नको जवाफ दिनुपर्ने मन्त्रीहरूले सांसदलाई उल्टै प्रश्न गरेर संसदलाई हेपेको बताएका हुन्।

उनले भने, ‘सरकारले संसदलाई असाध्यै हेपेको छ। यो अवस्थामा प्रधानमन्त्रीज्यू भन्नुहुन्छ मेरो निर्देशन कसैले मान्दैन। प्रधानमन्त्रीय पद्दतीमा यो भन्दा लज्जाजनक कुरा के हुनसक्छ।’

उनले अगाडि थपे, ‘सरकारमा बसेर प्रश्न सोध्नेहरुको जवाफ कसले दिने  हो। यो अराजकताको अन्त्य कहिले हुने हो। यो देश सरकारले नै चलाइरहेको छ कि अन्त कतैबाट चलेको छ? म जवाफ चाहान्छु।’

असार ९, २०८१ सोमबार १३:३५:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।