निलम्बित मुख्यसचिव अर्याललाई योजना आयोगको ‘विशेष पद’, सरकारकी प्रवक्ताले भनिन्- ‘मुद्दा लाग्दैमा दोषी हुँदैन’

निलम्बित मुख्यसचिव अर्याललाई योजना आयोगको ‘विशेष पद’, सरकारकी प्रवक्ताले भनिन्- ‘मुद्दा लाग्दैमा दोषी हुँदैन’

काठमाडौं : सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुद्दा लाग्दैमा कोही पनि दोषी बताएकी छन्।

निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गरेपछि उनले यस्तो बताएकी हुन्।

मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग उनले भनिन् ‘कसैलाई मुद्दा दायर हुँदैमा दोषी प्रमाणित हुँदैन। मुद्दा अवधिभर उहाँको पद स्वतः निलम्बनमा हुन्छ। त्यो पद रिक्त भएको अवस्था होइन। एकातिर उहाँ निलम्बनको अवस्थामा हुनुहुन्छ। अर्कोतिर पद रिक्त भएको छैन । त्यसैले कायम मुकायम गर्न वा रिकन्फर्म गर्न र अरू कुनै गर्नलाई पनि बाटो नखुल्ने भएको कारणले विशेष पद सिर्जना गरिएको हो।’

उनले अर्यालको कार्यअवधिभर विशेष पद रहने उल्लेखै गर्दै अवधि सकिएपछि स्वतः हट्ने बताइन्।

निलम्बित मुख्य सचिव अर्यालले राजीनामा नदिएपछि उनलाई विशेष पद सिर्जना गरेर आजै बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगमा सरुवा गरेको थियो।

असार ९, २०८१ सोमबार १३:२६:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।