देशभरका सरकारी र निजी कार्यालयमा स्तनपान र शिशु स्याहार कक्ष स्थापना गर्न सांसद कार्कीको माग

देशभरका सरकारी र निजी कार्यालयमा स्तनपान र शिशु स्याहार कक्ष स्थापना गर्न सांसद कार्कीको माग

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् डा. तोसिमा कार्कीले देशभरका सरकारी र निजी कार्यालयमा स्तनपान र शिशु स्याहार कक्षको प्रबन्ध गर्न माग गरेकी छन्।

सोमबारको प्रतिनिधि सभा बैठकमा सांसद् कार्कीले देशभरकै महिला कर्मचारीहरुको मातृत्व अधिकार सुनिश्चितताका लागि देशभरको सरकारी र निजी कार्यालयहरुमा स्तनपान र शिशु स्याहार कक्षको प्रबन्ध गर्न माग गरेकी हुन्।

सिंहदरबारभित्र रहेको महिला तथा बालबालिका मन्त्रालय अन्तर्गत शिशु स्याहार केन्द्रमा निजामती कर्मचारीका ७५ जना शिशु राख्ने गरिएकोमा एक जना आयाले मात्र हेर्ने गरेको उनले बताइन्।

कर्मचारी थप्नुपर्ने, बच्चाले खेल्ने ठाउँ बनाउनुपर्ने र देशकै नमुना शिशु स्याहार केन्द्र बनाउनुपर्नेमा यसपटक बजेट घटाइएकोमा असन्तुष्टि व्यक्त गर्दै उनले महिला कर्मचारीहरु हतहोत्साही भएको समेत बताइन्।

असार ९, २०८१ सोमबार १३:१४:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।