बाढीले भत्काएका स्थानमा स्थायी संरचना बनाउन सांसद् सापकोटाको माग

बाढीले भत्काएका स्थानमा स्थायी संरचना बनाउन सांसद् सापकोटाको माग

काठमाडौं : माओवादी केन्द्रका सांसद माधव सापकोटाले बाढीपहिरोबाट भत्काएका संरचनाहरुको स्थानमा अस्थायी नभएर स्थायी संरचना बनाउन माग गरेका छन्।

सोमबारको प्रतिनिधि सभा बैठकमा पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोकमा भारी वर्षाका कारण दुई वर्षअघि बाढीले बगाएर बनेको अस्थायी संरचनालाई पनि बगाएको भन्दै जनताले टुलुटुलु हेरेर बस्ने अवस्थाको अन्त्यका लागि स्थायी संरचना बनाउनुपर्नेमा जोड दिए।

उनले भने, ‘बर्खा लाखेपछि गत वर्ष हिउँदमा बनेका अस्थायी संरचना बगाउँछन् र नागरिक टुलुटुलु हेरेर बस्ने अवस्था छ। त्यसका लागि स्थायी संरचना बन्ने अवस्था आओस्।’

सिन्धुपाल्चोकमा भारी वर्षा हुँदा मेलम्चीमा बनाइएको अस्थायी पुल बगाएको छ। मेलम्ची, हेलम्बु र पाँचपोखरी पालिकाका छ वटा वडाहरुको आवातजावतमा अवरोध भएको छ।

साथै उनले स्थानीय तहलाई दिनुपर्ने र रोकिएर बसेको वित्तीय समानिकरण अनुदान नेपाल सरकारले दिने निर्णय गरेकामा पनि सरकारलाई धन्यवाद दिएका छन्।

असार ९, २०८१ सोमबार १३:०१:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।