संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवद्वारा नेपाल वायुसेवा निगमको निरीक्षण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवद्वारा नेपाल वायुसेवा निगमको निरीक्षण

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. गणेश प्रसाद पाण्डेयले नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालयको निरीक्षण तथा अनुगमन गरेका छन्।

अनुगमनमा मन्त्रालयका सह-सचिव इन्दु घिमिरे लगायत अन्य पदाधिकारी समेत सहभागी थिए। निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले उनीहरूलाई स्वागत गरेका थिए।

कार्यक्रममा निगमका विभागीय प्रमुखहरूको उपस्थितिमा कार्यकारी अध्यक्ष अधिकारीले निगमको हालसम्मको उपलब्धि र भावी योजनाहरूबारे जानकारी गराएका थिए। उनले निगमलाई विभिन्न सुविधाहरू उपलब्ध गराउन र समस्याहरू समाधान गर्न मन्त्रालयसँग सहयोगको आग्रह गरेका थिए।

सचिव पाण्डेयले निगमका कर्मचारीहरूलाई इमानदारीपूर्वक काम गर्न निर्देशन दिए। उनले निगमको हितमा हुने कार्यमा मन्त्रालयको सदैव सहयोग रहने प्रतिबद्धता जनाएका थिए।

असार ८, २०८१ आइतबार १९:०९:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।