डा. वैकुण्ठ अर्यालको रेकर्ड : मुख्यसचिव पदमै रहँदा भ्रष्टाचार मुद्दा

डा. वैकुण्ठ अर्यालको रेकर्ड : मुख्यसचिव पदमै रहँदा भ्रष्टाचार मुद्दा

काठमाडौँ : मुख्यसचिव पदमै रहेको अवस्थामा भ्रष्टाचार मुद्दा दायर हुँदा डा. वैकुण्ठ अर्याल स्वतः निलम्बनमा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध सुरक्षण मुद्रण केन्द्रको बजेट विनियोजन र अन्तःशुल्क स्टिकर खरिदमा अनियमितता गरेको अभियोगमा विशेष अदालतमा अभियोग पत्र पेस गरेको हो।

अख्तियारले आइतबार उनीसँगै विकल पौडेललाई समेत प्रतिवादी बनाएर मुद्दा लगेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव हुँदा उनले योजना छनौटका आधारभूत प्रक्रिया नै पूरा नगरी सुरक्षण मुद्रण केन्द्रका नाममा रकम विनियोजन गरेर भ्रष्टाचार गरेको अभियोग लागेको छ।

सुरक्षण मुद्रण केन्द्रले अन्तःशुल्क स्टिकर छाप्ने काम अघि बढाउने बहानामा प्रिन्टर किनेर तेस्रो पक्षलाई ठेक्का दिएको थियो। अर्याल यस अगाडि टेरामक्स खरिदमा समेत जोडिएका थिए। 

असार ८, २०८१ आइतबार १५:४८:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।