‘सेनाको भर्ना तथा सरुवा–बढुवामा कुनै भेदभाव छैन’

‘सेनाको भर्ना तथा सरुवा–बढुवामा कुनै भेदभाव छैन’

काठमाडौँ : रक्षा मन्त्री हरि उप्रेतीले नेपाली सेनाको भर्ना प्रक्रिया र सरुवा बढुवामा कुनै भेदभाव नरहेको दाबी गरेका छन्।

आइतबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको उत्तर दिँदै मन्त्री उप्रेतीले सेनामा जात, धर्म, वर्ग, समुदाय र क्षेत्रको आधारमा भेदभाव नहुने बताएका हुन्।

‘नेपाली सेनाको भर्ना प्रक्रिया तथा सरुवा बढुवामा भेदभाव सम्बन्धमा प्रश्न उठेको छ। सेनामा कुनै जातजाति, धर्म, वर्ग, समुदाय र क्षेत्रको आधारमा भेदभाव हुँदैन र हुने छैन,’ उनले भने।

उप्रेतीले राष्ट्रिय सुरक्षा सम्बन्धी विधेयक तर्जुमा भई हाल प्रक्रियामा अगाडि बढिरहेको जानकारी दिए। राष्ट्रिय सुरक्षा सम्बन्धी वक्तव्यहरू दिनेहरू विदेशमा गएर फेटा बाँध्दै पासपोर्ट एउटै भए पनि हुन्छ भन्ने र नेपाल आएर नेपाली सेनाको विरोध गर्ने कुरालाई समेत सुरक्षा परिषद्को विधेयकले  नियाल्ने कारण चाँडो पारित गर्न जरुरी रहको उनले बताए।

असार ८, २०८१ आइतबार १४:३५:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।