नयाँ बानेश्वरमा १९ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ

नयाँ बानेश्वरमा १९ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ

काठमाडौं : काठमाडौंको नयाँ बानेश्वरमा १९ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना भारतीय नागरिकलाई पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३१ शंखमुल बस्ने भारत बिहार राज्य मोतिहारी घर भएका ३० वर्षीय धर्मेन्द्र जैसवाललाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

जैसवालले ती किशोरीलाई काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वरस्थित सस्तो बजारमा जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

असार ८, २०८१ आइतबार १३:५७:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।