पानी ट्यांकीमा डुबेर ५ वर्षीय बालकको ज्यान गयो

पानी ट्यांकीमा डुबेर ५ वर्षीय बालकको ज्यान गयो

काठमाडौं : बैतडीमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ। 

पानी ट्यांकीमा डुबेर पुर्चौडी नगरपालिकाका एक बालकको मृत्यु भएको हो। मृत्यु हुनेमा पुर्चौडी- १० महरागाउँका शेरसिंह महराको  ५ वर्षका छोरा मुकेश महरा रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए। 

घर आँगनमै खेलिरहेका मुकेश नजिकै रहेको पानी ट्यांकीमा डुबेका थिए।

ट्यांकीमा डुबेर घाइते भएका मुुकेशको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।    

असार ८, २०८१ आइतबार १०:१७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।