एकजना सिकारीले हानेको बन्दुकको गोली लागेर अर्को सिकारीको ज्यान गयो

एकजना सिकारीले हानेको बन्दुकको गोली लागेर अर्को सिकारीको ज्यान गयो

काठमाडौं : दार्चुलामा भरुवा बन्दुकको गोली लागेर एकजनाको मृत्यु भएको छ। 

नौगाड गाउँपालिका–१ का अन्दाजी ५५ वर्षीय धङ्के डडालको मृत्यु भएको प्रहरीले जनाएको छ। 

शनिबार नौगाड गाउँपालिका–१ का ४५ वर्षीय जयसिंह डडालले मल्लासेली भन्ने वनमा सिकार खेल्ने क्रममा बन्दुक पड्काउँदा टाउकोमा गोली लागेका डडालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए। 

प्रहरीका अनुसार दुवैजना सिकारी हुन्। 

गोली हान्ने जयसिंहलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको छ। 

असार ८, २०८१ आइतबार ०८:२८:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।