गायक लकी अलीको जग्गा कब्जा

गायक लकी अलीको जग्गा कब्जा

एजेन्सी : बलिउडका लोकप्रिय गायक लकी अलीले हालै कर्नाटकको एक आईएएस अधिकारीले रोहिणी सिन्दुरीसहित उनका पति र देवरविरुद्ध उजुरी दर्ता गराएका छन्। गायक र आईएएस अधिकारीको रियल स्टेट एजेन्ट परिवारका साथ लामो समयदेखि जमिनलाई लिएर विवाद चलिरहेको थियो। जसकारण उनले उजुरी दर्ता गराएका हुन्।

उनले लोकायुक्तमा दर्ता गराएको उजुरीमा रोहिणी, उनका पति र राजनीतिक पहुँच भएका देवरले सरकारी प्रक्रिया र पैसालाई गलत रुपमा प्रयोग गर्दै उनको जमिनलाई गैरकानूनी रुपमा कब्जा गरेको आरोप लगाइएको छ। लकीले आफ्नो जमिन कब्जा भएको भन्दै उजुरी दिएको यो दोस्रो पटक हो।

हालैमात्र लकीले एक्समार्फत आफूले आईएएस अधिकारी रोहिणी सिन्दूरी, उनको पति र देवरविरुद्ध कर्नाटकको लोकायुक्तमा उजुरी दर्ता गराएको उल्लेख गरेका छन्। लकीले यसअघि डिसेम्बर २०२२ मा पनि कर्नाटक प्रहरीका डीजीपीलाई ट्याग गर्दै आफ्नो जमिन कसैले कब्जा गरेको ट्वीट गरेका थिए।

‘मेरो फार्म, जुन एक ट्रष्टको सम्पत्ति हो, त्यसमाथि जमिन माफिया मधु रेड्डी र सुधीन रेड्डीले आईएएस सिन्दुरीको सहयोगले कब्जा गरेका छन’, उनले सन् २०२२ मा ट्विट गरेका थिए।

आईएएस अधिकारी रोहिणीविरुद्ध कानूनी उजुरी परेको यो पहिलोपटक होइन। यसअघि सन् २०२३ मा भारतीय पुलिस सेवाका अधिकारी डी रुपा मुदगिलले उनीविरुद्ध कैयौं आरोप लगाएकी थिइन्। 

असार ७, २०८१ शनिबार २०:३५:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।