महाकाली नदीमा डुबेर १५ वर्षीय बालिकाको ज्यान गयो

महाकाली नदीमा डुबेर १५ वर्षीय बालिकाको ज्यान गयो

काठमाडौं : महाकाली नदीमा डुबेर बैतडीकी एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवनाथ गाउँपालिका-१ स्वालाकी १५ वर्षीया रजनी चाँड रहेकी बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए। 

रजनीसँगै महाकालीमा नुहाउन गएकी सोही ठाउँकी १२ वर्षीया अस्मिता चाँड भने बेपत्ता छिन्। 

रजनी कुस्मतघाटस्थित महाकाली नदीमा शनिबार बिहान नुहाउने क्रममा डुबेर बेपत्ता भएकी थिइन्। डुबेको केहीबेरपछि नेपाल प्रहरी र स्थानीय बासिन्दाले उनलाई मृत अवस्थामा भेटाएका थिए। 

तर, बेपत्ता अस्मिताको भने अझै खोजी भइरहेको छ। 

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। 

असार ७, २०८१ शनिबार १९:११:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।