सोनाक्षीको विवाहबारे मतभेद रहेको शत्रुघनले स्विकारे, विवाह समारोहमा सहभागी हुने

सोनाक्षीको विवाहबारे मतभेद रहेको शत्रुघनले स्विकारे, विवाह समारोहमा सहभागी हुने

एजेन्सी : प्रेमी जहिर इकबालसँग विवाहको घोषणासँगै अभिनेत्री सोनाक्षी सिन्हा चर्चामा छिन्। एकाएक सिन्हाको विवाहको समाचार बाहिरिएको थियो। सँगै उनको विवाहको निर्णयलाई लिएर परिवारमा खटपट सुरु भएको समाचार बाहिरिए। उनको बाबु तथा अभिनेता शत्रुघन सिन्हा नै इकवालसँग उनको विवाहको पक्षमा देखिएनन्।

तर सोनाक्षी जसरी पनि इकवालसग विवाह गर्ने पक्षमा उभिइन्। २३ जुनमा विवाह समारोह तय भयो। विवाद बढ्दै जाँदा शत्रुघन सिन्हा छोरीको विवाहमा सहभागी नहुनेसम्मका खबर बाहिरिए। शनिवार शत्रुघनले विवाहको विषयमा सोनाक्षीसँग मनमुटाब भएको स्वीकार गर्दै सबै समस्या समाधान भइसकेको र आफू २३ गते विवाह समारोहमा सहभागी भएर रमाइलो गर्ने बताए।

उनले सोनाक्षीको विवाह समारोहमा घरका सबै सदस्यहरू सहभागी हुने बताए। सिन्हाले  हरेकको घरमा विवाह समारोह हुने र विवाह अघि थोरै मनमुटाब हुनु सामान्य रहेको भन्दै उनले निजी पारिवारिक मामिलालाई धेरै ध्यान दिइएको भन्दै दुखेसो गरे। 

'जे समस्या थियो, त्यो सब अहिले ठिक भइसकेको छ। सोनाक्षी मेरी छोरी हुन्। हामी जुन २३ मा विवाह स्वागत समारोहमा सहभागी भएर धेरै रमाइलो गर्नेछौँ।'

असार ७, २०८१ शनिबार १६:००:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।