सीबीएम कलेजद्वारा कक्षा ११ मा पाँच करोडसम्मको छात्रवृत्ति दिने घोषणा

सीबीएम कलेजद्वारा कक्षा ११ मा पाँच करोडसम्मको छात्रवृत्ति दिने घोषणा

काठमाडौं : राजधानीको चारखालस्थित कलेज अफ विजनेश म्यानेजमेन्ट (सीबीएम)ले आगामी शैक्षिक सत्रका लागि ११ कक्षामा पढ्न आउने विद्यार्थीलाई पाँच करोडसम्मको छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेको छ।

कलेजले विज्ञप्तिमार्फत कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट, व्यावसायिक अध्ययन, फाइनान्स जस्ता विषयहरूलाई समावेश गरी अध्यापन गराउन पाँच करोडको छात्रवृत्तिको घोषणा गरेको हो।

विभिन्न छ वटा आधारहरू प्रस्तुत गर्दै हरेक आधारमा एक सय जनासम्म विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइने कलेजले जनाएको छ।

कलेजले विज्ञप्तिमा भनेको छ, ‘हरेक आधारमा प्रत्येक १०० जना सम्म विद्यार्थीहरूलाई १०० प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराइनेछ भने हाल यस वर्ष मात्रै कक्षा ११ र १२ का लागि अध्ययन गर्न आउने ५०० जना विद्यार्थीहरूलाई ५ करोड बराबरको छात्रवृति प्रदान गर्ने लक्ष्य रहेको छ।’

छात्रवृत्तिका आधारहरूमा सामुदायिक विद्यालयबाट कक्षा १० सम्मको अध्ययन पूरा गरेको हुनुपर्ने, गरिब तथा पिछडिएको वर्ग अन्तर्गत पर्ने विद्यार्थी हुनुपर्ने, जेहेन्दार तथा मेहनती हुनुपर्ने रहेका छन्।

त्यसैगरी खेलकुदमा रुचि भएका तथा खेलकुदमा अब्बल हुनुपर्ने, संगीत तथा नृत्यमा रुचि राख्ने हुनुपर्ने र अन्य प्रयोगात्मक विषय तथा अध्ययनसँगै कार्यदक्षता हासिल गर्न चाहाने विद्यार्थी हुनुपर्ने उल्लेख छ।

यसैगरि त्रिभुवन विश्वविद्यालय अन्तर्गत व्यवस्थापन संकाय स्नातक तहमा बीबीएस तथा बीबीएम अध्ययनको व्यवस्था भएको कलेजमा विद्यार्थीहरूले बैंकिङ, इस्योरेन्स, अकाउन्टिङ, फाइनान्स र मार्केटिङ जस्ता विषयहरूको सैद्धान्तिक, प्रयोगात्मक किसिमबाट अध्यापन गराइन्छ।

साथै स्नातकोत्तर तहको एमबीएसको पनि अध्यापन गराइने कलेजले जनाएको छ।

छात्रवृत्तिका लागि गरिने प्रवेश परीक्षाको लागि फारम वितरण भइसकेको बताउँदै क्याम्पस प्रमुख सुमन न्यौपानेले प्रवेश परीक्षा असार १६ गते लिने गरी मितिसमेत घोषणा गरेको छ।

असार ७, २०८१ शनिबार ०८:४३:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।