एमालेको कोटाको आठ देशमा राजदूत सिफारिस, रास्वपा र माओवादीको नाम गएन

एमालेको कोटाको आठ देशमा राजदूत सिफारिस, रास्वपा र माओवादीको नाम गएन

काठमाडौँ : मन्त्रिपरिषद् बैठकले रिक्त ११  राजदूत पदमध्ये एमालेको कोटामा परेको ८ वटा देशमा नाम सिफारिस गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादी केन्द्रको कोटामा भने सिफारिस भएन।

एमालेको कोटामा भारतको राजदूतमा पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीको नाम सिफारिस भएको छ। उनी एमाले- माओवादी गठबन्धनको सरकारबाट बेलायतका लागि राजदूत भएर गठबन्धन बदलिएसँगै नेपाल फर्किएका थिए।

अमेरिकाका लागि पूर्वसचिव चन्द्र घिमिरेको नाम सिफारिस भएको छ। घिमिरे यस अगाडि कोलकाताको महावाणिज्यदूत थिए।

दक्षिण कोरियाका लागि मानवअधिकारवादी सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिना, बेलायतका लागि बिजेन पन्त, साउदी अरेबियाका लागि अबुसुफ्यान खान मुसलमान र स्पेनका लागि पुष्पराज राजकर्णिकारको नाम सिफारिस भएको हो।

असार ६, २०८१ शुक्रबार २०:१६:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।