रिक्त ११ देशमा दलको कोटा अनुसार राजदूत नियुक्त गर्न मन्त्रिपरिषद् बैठकमा छलफल जारी

रिक्त ११ देशमा दलको कोटा अनुसार राजदूत नियुक्त गर्न मन्त्रिपरिषद् बैठकमा छलफल जारी

काठमाडौँ : फिर्ता बोलाइएको देशमा राजदूत नियुक्तिको निर्णयसहितको अजेण्डामा छलफल गर्न मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। हालै सरकारले भारत, अमेरिकासहितको ११ देशको राजदूत फिर्ताको निर्णय गरेर सत्ताधारी दलहरुबीच भागबन्डा गरेको थियो।

बिहीबार भएको सहमतिमा एमालेबाट ८, राष्ट्रिय स्वतन्त्र पार्टीलाई २ र माओवादी केन्द्रलाई एक देशको राजदूत दिने सहमति भएको थियो। माओवादीको कोटामा यस अगाडि नै राजदूत बनेकाहरू फिर्ता नगरी नेपाली कांग्रेससहितको कोटामा राजदूत भएकाहरू मात्र फिर्ता भएकाले सबैभन्दा धेरै एमालेले र सबैभन्दा कम रास्वपाले कोटा पाएको थियो। त्यहीबारे निर्णय गर्न शुक्रवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् बैठक बसिरहेको छ। 

असार ६, २०८१ शुक्रबार १८:०७:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।