खेतमा आली लगाउँदै गरेका ६० वर्षीय पुरुष मृत भेटिए

खेतमा आली लगाउँदै गरेका ६० वर्षीय पुरुष मृत भेटिए

काठमाडौं : मोरङमा एक जना पुरुष मृत भेटिएका छन्। रंगेली नगरपालिका ९ का ६० वर्षीय कार्तिकाचन्द ऋषिदेव दिउँसो मृत भेटिएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार बिहीबार खेतमा आली लगाउँदै गरेका कार्तिकाचन्द मृत अवस्थामा भेटिएका हुन्। 

कार्तिकाचन्द लालबहादुर घिसिंगको खेतमा आली बनाउने काम गर्दै आएका थिए। त्यस क्रममा उनीसँगै देवकुमार राजवंशी पनि रहेको प्रहरी उपरीक्षक कार्कीले बताए।

घटनाका क्रममा राजवंशी खानेपानी लिन केही पर पुगेर फर्कँदा ऋषिदेव मृत भेटिएको उनको भनाइ छ। 

घटनाबारे थप अनुसन्धान भाइरहेको प्रहरीले जनाएको छ।  

असार ५, २०८१ बिहीबार २०:०४:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।