मन्त्री श्रेष्ठलाई एमाले सांसद् आचार्यले भने- ‘हरेस नखानुस् मन्त्रीज्यू, हरेस खाएर समस्याको समाधान हुँदैन’

मन्त्री श्रेष्ठलाई एमाले  सांसद् आचार्यले भने- ‘हरेस नखानुस् मन्त्रीज्यू, हरेस खाएर समस्याको समाधान हुँदैन’

काठमाडौं : एमाले सांसद भीमप्रसाद आचार्यले युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई निराश नहुन आग्रह गरेका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा मन्त्रालयगत छलफलमा सांसद आचार्यले मन्त्री श्रेष्ठलाई खेल क्षेत्रलाई ट्र्याकमा ल्याएर काम गर्नुपर्नेमा हरेस खाएको भन्दै त्यस्तो विचार नराख्न आग्रह गरेका छन्।

‘डिट्र्याक भएको खेल क्षेत्रलाई ट्र्याकमा ल्याउनुपर्नेमा मन्त्रीज्यूले निराशाजनक रुपमा राजीनाको कुरा ल्याउनुभाछ,’ उनले भने, ‘म उहाँलाई हरेस नखानका लागि आग्रह गर्न चाहन्छु। हरेस खाएर समस्याको समाधान हुँदैन। समस्याको समाधान गर्ने आँट गर्नुपर्छ।’

मन्त्री आचार्यले बजेट भिजनरी नभएको भन्दै पुराना कामलाई मात्र निरन्तरता दिएको बताए। राष्ट्रिय स्तरका खेलाडीलाई मासिक तलबभत्ताको व्यवस्था, प्रत्येक विद्यालयमा खेलकुदको अतिरिक्त विषय राखेर पढाइ हुनुपर्नेमा उनको जोड छ।

प्रत्येक प्रदेशमा एक/एक वटा खेल कलेज सञ्चालन, प्रत्येक जिल्लामा एक/एक वटा माविस्तरको खेल प्रशिक्षालयको स्थापना गर्नुपर्ने पनि बताए।

असार ४, २०८१ बुधबार १४:०१:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।