खेल पूर्वाधार भएका स्थान युवाका लागि खुलाउन सांसद सिंहको माग

खेल पूर्वाधार भएका स्थान युवाका लागि खुलाउन सांसद सिंहको माग

काठमाडौं : सांसद् डा. अमरेशकुमार सिंहले खेलका पूर्वाधार भएको स्थान युवाहरूको लागि खुला गराउन माग गरेका छन्।

प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सांसद् सिंहले खेल पूर्वाधार भएका ठाउँ सेना र प्रहरीले कब्जा गरेको र त्यहाँ सांसदको समेत पहुँच नहुने भन्दै त्यो स्थान सबैका लागि खुलाउन माग गरे।

उनले भने, ‘जहाँ-जहाँ खेलकुदको पूर्वाधार छ, ती स्थानमा सबै युवालाई प्रवेश दिउँ। सेना र प्रहरीले कब्जा गरेर नराखौं। यसलाई खुलाउन मन्त्रीज्यूले पहल गर्नुपर्यो।’

त्यसैगरी उनले खेलकुद मन्त्रालय र शिक्षा मन्त्रालयले एउटा संयुक्त कार्यदल बनाएर विद्यालयमा खेलकुद विषयलाई अनिवार्य गर्नुपर्नेमा जोड दिए।

त्यसको अतिरिक्त उनले निजी विद्यालयहरुलाई खेलकुदको पूर्वाधार नभएसम्म अध्यापनको अनुमति नै नदिने गरी मापदण्ड बनाउनुपर्नेमा समेत जोड दिए।

असार ४, २०८१ बुधबार १३:२७:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।