तीन लाख ५९ हजार मुल्यको पल्सर एन १५० का के छ विशेषता?

तीन लाख ५९ हजार मुल्यको पल्सर एन १५० का के छ विशेषता?

काठमाडौँ : बजाज मोटरसाइकलको लागि नेपालको आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एन्ड कम्पनीले पल्सर एन १५० मोटरसाइकल सार्वजनिक गरेको छ। यो भारतमा एक वर्ष अघि नै लन्च भएको यो मोटरसाइकलको नेपालमा मूल्य तीन लाख ५९ हजार ९ सय रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ।

यो स्पोर्टी मोटरसाइकल भए पनि दैनिक प्रयोग र पावर पर्फर्मेन्स दुबैमा उपयुक्त देखिन्छ। यसअघि बजाजले एन सिरिजमा एन २५० र १६० बजारमा ल्याइसकेको छ।

गोल्छा ग्रुपका डिरेक्टर अभिमन्यु गोल्छाले नेपालमा बिक्री सुरु भएदेखि नै पल्सरले मोटरसाइकल क्षेत्रमा नयाँ मापदण्ड सेट गरेको बताए।

७० भन्दा बढी देशमा पल्सर विश्वव्यापी रूपमै सर्वाधिक रुचाइएको ब्रान्ड बन्न सफल भएको भन्दै उनले त्यही लोकप्रियता हेरेर नेपालमा पल्सर एन १५० ल्याएको उनले बताए।

पल्सर एन १५० मा के छ विशेष ?

यसमा ब्लुटुथ कनेक्टिभिटी सहितको कल तथा एसएमएस अलर्टको सुविधा रहेको छ। युएसबी चार्जिङ पोर्ट मोटरसाइकलमै राखिएको छ।

फ्युलइन्जेक्सन सिस्टम र बिएस ६ ले बाइकलाई इफिसियन्ट बनाउने कम्पनीले जनाएको छ। पल्सरएन १५० एरोडायनामिक थ्रिडी फ्रन्ट सहितको स्लीक डिजाइनको उपलब्ध हुनेछ।

यसको मस्कुलर डायनामिक ट्याङ्की, पातलो वेस्ट भाग र सिङ्गल फ्याट सिटले यसको लुकलाई आकर्षक देखाएको छ। यसमा शक्तिशाली र स्मूथ १४९.६८ सीसी इन्जिन छ।

पल्सर एन १५० ले १४.५ पीएस पावर र १३.५ एनएम टर्क उत्पन्न गर्ने र ४८ किमीको प्रभावशाली माइलेज दिने कम्पनीले जनाएको छ।

पल्सर एन १५० मा एलइडी प्रोजेक्टर टेलल्याम्प र १७ इन्चको ट्युबलेस अलोय ह्वील राखिएको छ। सुरक्षालाई बलियो बनाउन यसमा सिङ्गल च्यानल एबिएस समावेश गरिएको कम्पनीले जानकारी दिएको छ। 

बजाज एन १५० मा डिजिटल स्पीडोमिटर, ट्याकोमिटर, ट्रिप मिटर र ओडोमिटर सहित धेरै याडभान्सड् फिचर्स छन्।

यसमा युएसबी चार्जिङ सहित घडी र डिस्ट्यान्स्स–टु–एम्प्टी इन्डीकेटकर समेत उपलब्ध छ। बाइकमा “क्याट” नोटीफिकेसन र हाइड कनेक्ट एप समेत समावेश गरिएको छ।

बाइकमा सिंगल ट्युब्युलर ह्यान्डल र प्यासेन्जर फुटरेस्टको सुविधा रहेको छ। १४५ केजीको कर्ब वेट भएको पल्सर एन १५० चलाउन आरामदायी र यसमा रहेको १४ लिटरको फिउल ट्याङ्कीले बारम्बार पेट्रोल भर्नुपर्ने समस्या नहुने देखिन्छ।

बाइकको ब्रेकिङ सिस्टममा २६० एमएम फ्रन्ट डिस्क ब्रेक र १३० एमएम रियर ड्रम ब्रेक समावेश छ।

असार १, २०८१ आइतबार १६:४०:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।