प्रभु बैंकको ग्राहक ३१ लाख, कालिकोट मान्मासमेत गरेर ३ सय ५ शाखा

प्रभु बैंकको ग्राहक ३१ लाख, कालिकोट मान्मासमेत गरेर ३ सय ५ शाखा

काठमाडौँ : प्रभु बैंकले कालिकोटको खाडाचक्र नगरपालिका वडा नम्बर १ मान्मामा नयाँ शाखा खोलेको छ। ग्रामीण भेगमा समेत बैंकिङ सुविधा विस्तार गर्न बैंकले मान्मामा शाखा खोलेको जानकारी दिएको छ।

मान्माको शाखा बैंकको ३०५ औँ हो। बैंकका अनुसार हालसम्म नेपालभर ३०५ शाखा कार्यालयसँगै २ सय ८६ एटिएम र ७० एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। बैंकका ग्राहक ३१ लाख हाराहारी रहेको बैंकको दाबी छ।

 

असार १, २०८१ आइतबार १६:१६:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।