पाकिस्तानमा आफ्नी श्रीमतीसँग डिभोर्स गराएको भन्दै एकजना प्रहरीले दुई वकिलको हत्या गरे

पाकिस्तानमा आफ्नी श्रीमतीसँग डिभोर्स गराएको भन्दै एकजना प्रहरीले दुई वकिलको हत्या गरे

एजेन्सी : पाकिस्तानमा एक प्रहरीले गोली प्रहार गरी दुई जना वकिलको हत्या गरेका छन्। अटकमा भएको गोली प्रहारबाट ज्यान गुमाउनेमा जिल्ला बार अटकका पूर्वअध्यक्ष इसरार अहमद र जुलिफिकार मिर्जा रहेका छन्। 

पाकिस्तानी मिडिया रिपोर्टहरुका अनुसार शनिबार विशेष बलका एक एएसआईले व्यक्तिगत दुश्मनीलाई आधार बनाएर दुई वकिलको गोली हानी हत्या गरेका हुन्। 

एएसआई इन्तजार शाहले आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद (डिभोर्स) हुनुमा वकिलहरूको भूमिका रहेको भन्दै त्यही दुश्मनीमा गोली हानी वकिलहरुकै हत्या गरेको बताइएको छ। 

हत्याको घटनापछि अटकका प्रहरी प्रमुख सरदार घियास गुल खानले तत्काल कारबाही अघि बढाएका छन्। 

एएसआई इन्तजार शाह हिरासतमा परेका छन् भने घटनाबारे अनुसन्धान अघि बढाइएको छ।

असार १, २०८१ आइतबार ०७:५२:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।