विश्वकपमा नेपालको अन्तिम खेलअघि डिसहोमको ७२ घण्टे अफर

विश्वकपमा नेपालको अन्तिम खेलअघि डिसहोमको ७२ घण्टे अफर

काठमाडौं : आईसीसी पुरुष टि-२० विश्वकपमा नेपालले समूह चरणको अन्तिम खेलअघि डिशहोम फाइबरनेटले नयाँ ७२ घण्टे अफर सार्वजनिक गरेको छ।

अफर अन्तर्गत ग्राहकले २४ महिनाको रिचार्ज गर्दा अतिरिक्त ६ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने तथा १२ महिनाको रिचार्ज गर्दा अतिरिक्त ३-महिनाको सब्सक्रिप्सन निःशुल्क पाउनेछन्।

‘ईतिहास रच्न तयार गोर्खाली’ नाम दिइएको अफर असार ३ गते दिउँसो २ बजेसम्म कायम हुने कम्पनीले जनाएको छ।

ग्राहकले आफू नजिकै रहेको डिशहोमको डिलर दाई कहाँ गई सजिलै रिचार्ज गरी अफरको फाइदा लिन सक्नेछन्। साथै अनलाइन पेमेन्ट वालेटहरूमार्फत पनि रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ।

यो विशेष ७२-घण्टे अफरले नेपालको क्रिकेट टोलीलाई साथ र समर्थन गर्ने र विस्तारित उच्च-स्पीड इन्टरनेटको साथ आफ्ना ग्राहकहरूलाई पुरस्कृत गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ।

जेठ ३२, २०८१ शनिबार ११:२२:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।