'सरकारले आफ्ना मान्छे पठाउन राजदूत फिर्ता बोलायो'

'सरकारले आफ्ना मान्छे पठाउन राजदूत फिर्ता बोलायो'

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सरकारले विभिन्न देशका राजदूतहरू हटाउने गलत निर्णय गरेको बताएका छन्।

मंगलबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग उनले राजनीतिक पूर्वाग्रह साँधेर सरकारले भारत, अमेरिकालगायतका देशबाट राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेर गल्ती गरेको बताएका हुन्।

व्यावसायिक हैसियत राख्ने राजदूतहरूलाई फिर्ता बोलाउनु उचित नभएको उनको भनाइ छ। देशका लागि नभएर आफ्ना लागि काम गर्ने मान्छेलाई राजदूतका नियुक्त गर्न खोजेको आरोप लगाए। 

उनले भने, ‘देशको लागि काम गर्ने मान्छे होइन। मेरो मान्छे त्यहाँ पठाउनु पर्यो भन्ने मान्यताबाट यो निर्णय भएको छ। यो गलत छ।’

प्रवक्ता महतले नेपालको हितमा काम गरिरहेका राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णय उचित नभएको बताए।


 

जेठ २९, २०८१ मंगलबार २२:०२:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।