विमानस्थलमा सेनाले सलामी दिएपछि जेनेभा उडे राष्ट्रपति पौडेल

विमानस्थलमा सेनाले सलामी दिएपछि जेनेभा उडे राष्ट्रपति पौडेल

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डको जेनेभातर्फ उडेका छन्। 

अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशनमा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै मंगलबार अपरान्ह जेनेभाका लागि प्रस्थान गरेका हुन्। 

पौडेललाई बिदाइ गर्न उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहालसँगै उच्च पदस्थ सरकारी अधिकारीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। विमानस्थलमा राष्ट्रपति पौडेललाई सेनाको टुकडीले सलामी अर्पण गरेको थियो। 

‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा राष्ट्रपति पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।  

नेपालका राष्ट्र प्रमुख र स्वीस महासंघका राष्ट्रपतिबीच यसरी द्विपक्षीय भेटवार्ता हुन लागेको सम्भवतः यो पहिलोपटक भएको बताइएको छ।

राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फर्किने छन्। 

जेठ २९, २०८१ मंगलबार १९:१२:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।