श्रीमतीको सहमतिबिना यौन सम्बन्ध राख्दा पूर्व न्यायाधीशलाई सात वर्ष कैद

श्रीमतीको सहमतिबिना यौन सम्बन्ध राख्दा पूर्व न्यायाधीशलाई सात वर्ष कैद

काठमाडौँ : श्रीमतीको सहमति विपरीत यौन सम्बन्ध कायम गरेको ठहर गर्दै काठमाडौँ जिल्ला अदालतले पूर्व न्यायाधीश भुवन गिरीलाई ७ वर्ष कैद र तीन लाख क्षतिपूर्ति भराउन आदेश दिएको छ।

उनको श्रीमतीको जाहेरीको आधारमा दायर भएको मुद्दामा अदालतले श्रीमतीको सहमति नलिई यौन सम्बन्ध बनाएको ठहर गरेको हो। न्यायाधीश दुर्गा भुसालको इजलासले कैद सजाय र क्षतिपूर्तिको रकम तोकेकी हुन्। क्षतिपूर्तिको रकम भने पीडितले पाउनेछिन्।

जिल्लाले जेठ १३ गते उनलाई दोषी ठहर गरेको हो। पछि अदालतले सजाय र क्षतिपूर्ति तोकेको हो। गिरी पुर्पक्षका लागि थुनामै छन्।

जेठ २९, २०८१ मंगलबार १५:४८:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।