फेसबुकमा खोलेको ग्रुपको माध्यमबाट १५ करोड ठगी, पीडित सङ्ख्या तीन सय

फेसबुकमा खोलेको ग्रुपको माध्यमबाट १५ करोड ठगी, पीडित सङ्ख्या तीन सय

काठमाडौँ : फेसबुकमा खोलेको ग्रुप मार्फत वैदेशिक रोजगारीको प्रलोभनमा तीन सय बढीबाट १५ करोड ठगेको आरोपमा तीन जना पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले चितवनका राजकुमार भट्ट, कास्कीका पवन पन्त र नवीन बिकलाई पक्राउ गरेर मंगलबार सार्वजनिक गर्यो।

प्रहरीका अनुसार उनीहरूले ४ वर्षयता फेसबुकमा वैदेशिक रोजगारीको अवसर सम्बन्धी सामाग्री राखेर त्यसकै माध्यमबाट सम्पर्कमा आएका तीन सय भन्दा बढिबाट १५ करोड रकम उठाएर ठगी गरेको खुलेको छ।

कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशमा वैदेशिक रोजगारीको विज्ञापन गर्दै प्रलोभनमा पारेर उनीहरूले प्रतिव्यक्ति १० लाखसम्म उठाएर ठगी गरेको प्रहरीको दाबी छ।

ठगीबारे नवीन चौधरीसहित १५ जनाले उजुरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाउँदा तीन जना फेला परेको प्रहरीले जानकारी दिएको छ। 

जेठ २९, २०८१ मंगलबार १४:११:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।