सुनको सिक्री र आइफोनसहितका सामानको भन्सार छलेर सामान लैजान लागेको आरोपमा दुई जना पक्राउ

सुनको सिक्री र आइफोनसहितका सामानको भन्सार छलेर सामान लैजान लागेको आरोपमा दुई जना पक्राउ

काठमाडौं : अवैध रूपमा भन्सार छली गरी लैजान लागेको आरोपमा दुबईबाट फर्किएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

अन्दाजी २५ ग्रामको सुनको सिक्री, आईफोन १३ प्रो म्याक्स, तीन वटा रेडमी मोबाइल,  दुई वटा ल्यापटप र एयरपड प्रो ४ सहित दुई जनालाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा पाँचथर फालेजुङ गाउँपालिका-३ स्थायी वतन भएका ३२ वर्षीय दिलु सुब्बा र सिन्धुली कमलामाई नगरपालिका-५ स्थायी वतन भई काठमाडौं महानगरपालिका-३२ बस्ने ३९ वर्षीय भविमान ठोकर रहेका छन्।

दुबईबाट काठमाडौं आएका दिलुलाई भन्सार छली गर्न लगाई भविमानले संकलन गरी लैजान लागेको अवस्थामा उनीहरूलाई पार्किङ एरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ।

जेठ २९, २०८१ मंगलबार १२:३७:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।