सुनको सिक्री र ब्रास्लेट लुट्न एक युवकमाथि गोली प्रहार

सुनको सिक्री र ब्रास्लेट लुट्न एक युवकमाथि गोली प्रहार
फाइल

काठमाडौं : महोत्तरीमा ३५ वर्षीय एक पुरुषमाथि गोली प्रहार भएको छ।

गौशाला नगरपालिका-५ मरहा खोलामा साँझ ६ बजे सोही नगरपालिका-११ का विनय कुमार महतो (मुरारी)माथि गोली प्रहार भएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवालले जानकारी दिए।

प्रहरीका अनुसार लुटपाटको उद्देश्यले महतोमाथि गोली प्रहार भएको हो। गौशाला बजार जाँदै गर्दा मोटरसाइकलमा आएका दुई जनाको अज्ञात समूहले उनलाई लक्षित गरी गोली प्रहार गरेको थियो।

लुटेरा समूहले महतोले लगाएको सुनको सिक्री र ब्रास्लेट लुटेर फरार भएका छन्। 

डीएसपी जयसवालले महतोको कम्मरमुनि एक राउण्ड गोली लागेर घाइते भएका उनलाई उपचारको लागि जनकपुर पठाइएको जानकारी दिए। उनको अवस्था चिन्ताजनक नरहेको बताइएको छ। 

घटनास्थलमा दुइवटा गोली फेला परेको छ। 

महतोमाथि गोली प्रहार गर्नेहरूको खोजी कार्य तीव्र पारिएको महोत्तरी प्रहरीले जनाएको छ। 

जेठ २८, २०८१ सोमबार २१:५७:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।