पारिवारिक र सामाजिक चरित्र हत्या गरेको आरोपमा पक्राउ परिन् शोभा पाठक

पारिवारिक र सामाजिक चरित्र हत्या गरेको आरोपमा पक्राउ परिन् शोभा पाठक

काठमाडौं : धादिङकी शोभा पाठक पक्राउ परेकी छन्। पारिवारिक र सामाजिक चरित्र हत्या गरेको आरोपमा अर्की एकजना महिलाले जाहेरी दिएपछि उनी पक्राउ परेकी हुन्। 

प्रहरीको साइबर ब्यूरोको टोलीले उनलाई सोमबार ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो।

उनीमाथि सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या हुनेखालका अभिव्यक्ति दिएको उजुरी छ। 

एमालेका नेता महेश बस्नेतविरुद्ध बलात्कारको आरोप लगाउँदै पाठकले उजुरीसमेत दिएकी थिइन्। तर, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनको उजुरीमा प्रमाण नपुग्ने जिकिर गरेको थियो। सो निर्णयविरुद्ध पाठकले उच्च अदालतमा पाटनमा निवेदन दिएकी छन्। 

सोमबारै पक्राउ परेकी पाठकविरुद्ध जिल्ला अदालत काठमाडौंले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। 

जेठ २८, २०८१ सोमबार २१:२७:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।