एमाले रुपन्देहीको १० औं जिल्ला अधिवेशन भोलिदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने

एमाले रुपन्देहीको १० औं जिल्ला अधिवेशन भोलिदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने

बुटवल : एमाले रुपन्देहीको १० औं जिल्ला अधिवेशन भोलिदेखि हुने भएको छ।

भैरहवाको पाँचतारे सिद्धार्थ भिलासा होटलमा हुने अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। 

अधिवेशनमा अध्यक्ष ओलीसँगै उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा, प्रदेश इन्चार्ज पदमा अर्याललगायत नेताहरू सहभागी हुनेछन्। जिल्लाको १६ पालिकाका १५५ वडा, २३ जनसंगठन र आयोजक कमिटीबाट चयन भएका कुल ८५३ जना प्रतिनिधि अधिवेशनमा सहभागी हुने एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए।

अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित १४५ सदस्य रहेको जिल्ला कमिटी निर्वाचित गर्नेछ। नेतृत्व चयन गर्न अहिलेसम्म एमाले रूपन्देहीमा निर्वाचन भने भएको छैन। 

एमाले प्रचार विभाग प्रमुख हितराज पन्थीले रूपन्देहीमा पार्टीका १७ हजार संगठित सदस्य रहेको बताए। 

अधिवेशन व्यवस्थित गर्नको लागि जिल्ला अध्यक्ष केसीको संयोजकत्वमा १६७ जनाको मूल व्यवस्थापन कमिटी चयन भएको छ। 

बन्दसत्रमा राजनैतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेश गरिने छ। 

जेठ २२, २०८१ मंगलबार १७:०१:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।