३.९३ अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

३.९३ अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौं : साताको दोस्रो दिन सेयर बजारमा ३.९३ अंकको बढोत्तरी छ। नेप्से २११३.२७ विन्दुमा रहँदा कारोबार रकम भने घटेको छ। 

आइतबार नेप्से परिसूचक २२.१४ अंकले घट्दै २१०९.३४ मा रहँदा १ करोड १० लाख ४४ हजार ४८५ कित्ता सेयर ४ अर्ब ४४ करोड १५ लाख रुपैयाँमा कारोबार भएको थियो। सोमबार ९३ लाख ३० हजार २९५ कित्ता सेयर ३ अर्ब ८९ करोड ३७ लाख रुपैयाँमा कारोबार भएको छ। 

वाणिज्य बैंक, होटल तथा पर्यटन र निर्जीवन बीमा उप-समूहले बजार घटाएका हुन्। १३ मध्ये १० उप-समूह बढे पनि केही दिनयता बजार थामिरहेको वाणिज्य बैंक घट्दा कारोबार रकममा असर परेको देखिएको छ। 

सोमबार लगानी १.८० र फाइनान्स उप-समूह १.४१ प्रतिशतले बढेका छन्। अन्य आठ उप-समूहको बढोत्तरी सामान्य छ। 
१४९ कम्पनीको सेयर मूल्य बढेको छ भने ९० को घटेको छ। ८ कम्पनीको सेयर मूल्य स्थिर रह्यो। 

मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउसको सेयर मूल्य बढेर सर्किट लागेको छ। कालिन्चोक दर्शन र पोखरा फाइनान्स पनि बढेका छन्  

सर्वाधिक कारोबार हुनेमा एनआरएन इन्फ्रस्ट्रक्चर परेको छ। उक्त कम्पनीको २० करोड ४० लाखको सेयर किनबेच भएको छ। यस्तै सीइडीबी हाइड्रोपावरको १८ करोड ५२ लाख, पोखरा फाइनान्सको १८ करोड ४७ लाख, हाथवे इन्भेस्टमेन्टको १० करोड ४२ लाख र कालिन्चोक दर्शनको ९ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ। 

सेयर मूल्य सर्वाधिक नोक्सान बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्तालाई भएको छ। उक्त कम्पनीको सेयरमा नकारात्मक सर्किट नै लागेको छ।

जेठ १४, २०८१ सोमबार १६:०४:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।