हैदरावादलाई आठ विकेटले हराउँदै कोलकाताले जित्यो आइपिएल-२०२४ को उपाधी

हैदरावादलाई आठ विकेटले हराउँदै कोलकाताले जित्यो आइपिएल-२०२४ को उपाधी

काठमाडौं : आइपिएलको फाइनलमा कोलकाता नाइट राइडर्सले सनराइज हैदरावादलाई हराएर उपाधी जितेको छ। कलकाताले हैदरावादलाई आठ विकेटले हराएको हो।

२०१४ पछि कोलकाताले आइपिएलको उपाधी जितेको हो। उसले पहिलो पटक आइपिएलको उपाधी २०१२ मा जितेको थियो। 

हैदरावाद दोस्रो पटक आइपिएलको उपाधी उचाल्न कोलकातासँग प्रतिष्पर्धामा उत्रिए पनि सफल भएन। हैदरावादले सन् २०१६ मा उपाधी जितेको थियो।

हैदरावादले कोलकाताका लागि एक सय १४ रनको चुनौती दिएको थियो जुन दुई विकेट गुमाएर ५७ बल खेल्न बाँकी रहदै सहजै पुरा गर्यो। कोलकाताका बलर चम्कदा आइपिएलको फाइनलमा हैदरावादले सबैभन्दा कम स्कोर बनायो।

जेठ १३, २०८१ आइतबार २३:१७:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।