रारा जाँदै गरेको जिप सडकबाट २५ मिटर तल झर्‍यो, विद्यार्थी र शिक्षकसहित १२ जना घाइते

रारा जाँदै गरेको जिप सडकबाट २५ मिटर तल झर्‍यो, विद्यार्थी र शिक्षकसहित १२ जना घाइते

मुगु : बाजुराबाट रारातर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। बिहीबार बाजुराको हिमाली गाउँपालिका–५ कोल्टिमा रहेको भवानी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई रारा घुमाउन ल्याउँदै गरेको ग १ ज ८२४९ नम्बरको जिप मुगुको खत्याड गाउँपालिका वडा–२ जाम हिलटप भन्ने स्थानमा दुर्घटना भएको थियो। दुर्घटनामा चालक सहित १२ जना घाइते भएका हुन्।

घाइते हुनेहरूमा नौ जना विद्यार्थी, दुई जना शिक्षक र चालक छन्। घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

घाइते चालक लालबहादुर भण्डारीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ। उनका अनुसार अरू सबैको अवस्था सामान्य रहेको छ। जिप सडकबाट २५ मिटर तल खसेको थियो।

जेठ १०, २०८१ बिहीबार १६:०६:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।