आइपीएल : लगातार ६ खेल जित्दै बेंग्लुरु प्लेअफमा, साविक विजेता चेन्नेई समूह चरणबाटै बाहिरियो

आइपीएल : लगातार ६ खेल जित्दै बेंग्लुरु प्लेअफमा, साविक विजेता चेन्नेई समूह चरणबाटै बाहिरियो

एजेन्सी : इन्डियन प्रिमियर लिग आइपीएलमा रोयल च्यालेन्जर्स बेंग्लुरु प्लेअफमा पुग्न सफल भएको छ। शनिबार राति चेन्नेई सुपर किंग्सलाई २७ रनले पराजित गर्दै बेंग्लुरुले प्लेअफमा स्थान बनाएको हो। सुरुआती खेल जितेपछि लगातार खराब प्रदर्शन गरेको बेंग्लुरुले पछिल्ला ६ खेल जित्दै रन रेटमा पनि सुधार गरेपछि प्लेअफमा पुग्ने चौँथो टोली बनेको हो।

पहिला ब्याटिङ गरेको बेंग्लुरुले निर्धारित ओभरमा ८ विकेट गुमाएर २१८ रन बनाएको थियो। जवाफमा चेन्नेइले निर्धारित ओभरमा ७ विकेट गुमाएर १९१ रनमात्रै बनाउन सक्यो। चेन्नेई पनि १४ अंकका साथ प्लेअफको दौडमा रहेकाले पराजित भएपनि निर्धारित ओभरमा २०१ रन बनाउनु पर्ने थियो। 

उता बेंग्लोरलाई १८ भन्दा माथिको रनमा जित निकाल्दा प्लेअफ पुग्ने समीकरण भएकाले खेल एकदमै रोमाञ्चक बन्यो। अन्ततः बेंग्लुरुले वाजी मार्दै डिफेन्डिङ च्याम्पियन चेन्नेईलाई आइपीएलबाट समूह चरणमै रोक्न सफल भयो।

शनिबार रातिको खेलमा बेंग्लुरुले टस हारेर पहिला ब्याटिङ गरे पनि सुरुआत उत्कृष्ट गरेको थियो। ओपनरद्वय विराट कोहली र फाफ डु प्लेसिसले पहिलो विकेटका लागि ७८ रनको साझेदारी गर्दै टिमलाई अघि बढाए।

कोहली २९ बलमा ४७ रन बनाएर आउट भएका थिए। उनले चार छक्का र तीन चौका प्रहार गरे। प्लेसिस र रजत पटिदार मिलेर पारि अघि बढाएका थिए। टिमको स्कोर ११३ रन भएका बेला प्लेसिस अर्धशतकीय पारि खेल्दै रनआउट भए। उनले ३९ बलमा ५४  रनको पारि खेल्दा समान तीन चौका र छक्का हिर्काए।

पटिदारलाई साथ दिन क्यामरन ग्रीन आए। यी दुई खेलाडीले १७.४ ओभरमा टिमको स्कोर १८४ रन बनाएका थिए। पटिदार २३ बलमा चार छक्का र दुई चौकाको मद्दतले ४१ रनको पारि खेल्दै पेभेलियन फिर्ता भए।

दिनेश कार्तिकले ६ बलमा १४ रन बनाएर आउट हुँदा समान एक छक्का र चौका प्रहार गरे। ग्लेन म्याक्सवेले ५ बलमा १६ रन बनाउँदा क्यामरुन ग्रीनले १७ बलमा ३८ रनको नटआउट पारि खेल्दा बेंग्लुरुको स्कोर निर्धारित ओभरमा ५ विकेट गुमाएर २१८ रन बनाएको थियो । चेन्नेईका सार्दुल ठाकुरले २ विकेट लिँदा तुषार देशपान्डे र मिचेल साटनरले एक एक विकेट लिए।

२१९  रनको लक्ष्यसहित मैदान उत्रिएको चेन्नेईका सुरुआत खराब रह्यो। कप्तान ऋतुराज गायकवाड गोल्डेन डकआउट भए। पहिलो बलमै कप्तानलाई गुमाएको चेन्नेइले दोस्रो विकेटको रुपमा डेरियल मिचेललाई गुमाए। उनी ४ रन बनाएर पेभेलियन फर्किए। रचिन र विन्द्र र अजिंक्या रहाणेनले पारि सम्हालेका थिए।
 
९.१ ओभरमा ८५ रन भएका बेला अजिंक्या रहाणे २२ बलमा ३३ रन बनाएर आउट भए। उनले एक छक्का र तीन चौका प्रहार गरेका थिए। चौथो विकेटको रुपमा रचिन रविन्द्र आउट भएका थिए। उनले ३७ बलमा ६१ रनको पारि खेलेका थिए। तीन छक्का र पाँच चौका प्रहार गरेका उनी रनआउटको शिकार भएपछि चेन्नाइलाई दबाब बढेको थियो।  

शिबम दुवेले १५ बल फेस गर्दा ७ रनको ढिलो पारि खेलेर आउट भएका थिए। मिचेल साटनरले ३ रनमात्रै जोडे। रविन्द्र जडेजा र महेन्द्रसिंह धोनीले केही प्रयास गरे पनि टिमलाई पार लगाउन सकेनन्। धोनी १३ बलमा २५ रन बनाउँदै आउट भए। उनी आउट हुँदा चेन्नाईले १९.२ ओभरमा १९० रन बनाएको थियो। 

रविन्द्र जडेजाले २२ बलमा ४२ रनको नटआउट पारि खेल्दा समान तीन छक्का र तीन चौका प्रहार गरे। रन रेटमा अघि रहँदै प्लेअफ खेल्नका लागि अन्तिम चार बलमा १० रन बनाउन नसक्दा प्रतियोगिताबाट बाहिर चेन्नाई पुग्यो।

बेंग्लुरुका यस दयालले २ विकेट लिँदा ग्लेन म्याक्सवेल, मोहमद सिराज, लोकी फर्गुसन र क्यामरन ग्रीनले एक एक विकेट लिए।

जेठ ६, २०८१ आइतबार ०७:२८:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।