०.७९ अंकले बढ्यो नेप्से

०.७९ अंकले बढ्यो नेप्से

काठमाडौं : साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक झिनो अंकले बढेको छ। बिहीबार ०.७९ अंकले बढ्दै नेप्से २०१८.७६ विन्दुमा रह्यो। 

८२ लाख ८२ हजार ५५६ कित्ता सेयर ४ अर्ब २३ करोड ३८ लाख रुपैयाँमा किनबेच भएको छ। 

यसअघि बुधबार नेप्से परिसूचक ९.५४ अंकले घट्दै २०१७.९७ विन्दुमा रहँदा ८४ लाख ९० हजार ७२२ कित्ता सेयर ३ अर्ब ७० करोड ३० लाख रुपैयाँमा किनबेच भएको थियो। 

आज बजारलाई लघुवित्त उप-समूहले थामेको हो लघुवित्त उप-समूह एक्लै ३.८० प्रतिशतले बढ्दा लगानीकर्ता फाइदामा रहे। १३ उप-समूहमा लघुवित्त र अन्यबाहेक सबै घटेका छन्। फाइनान्स उप-समूह सर्वाधिक १.४५ प्रतिशतले घटेको छ।    

१०३ कम्पनीको सेयर मूल्य बढ्दा १३९ कम्पनीको घटेको छ। ३ कम्पनीको सेयर मूल्य स्थिर रह्यो।

सर्वाधिक कारोबार हुनेमा सीइबीडी हाइड्रोपावर छ। उक्त कम्पनीको ४३ करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, पोखरा फाइनान्सको ११ करोड ८७ लाख, पिपुल्स पावरको ७ करोड ७२ लाख, हिमालयन लघुवित्तको ७ करोड २८ लाख र जीवन विकास लघुवित्तको ७ करोड १३ लाख रुपैयाँको सेयर किनबेच भएको छ।  

सेयर मूल्य बढेका शीर्ष पाँच कम्पनीमध्ये चारवटा लघुवित्त छन्। हिमालयन लघुवित्त, जाल्पा, सृजनशील लघुवित्तको सेयर मूल्य बढेर सर्किट नै लागेको छ। स्वाभिमान लघुवित्तको पनि बढोत्तरी सर्किटस्तरको छ। 

जेठ ३, २०८१ बिहीबार १५:५४:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।