४ दिनदेखि बढेको सेयर बजार घट्यो

४ दिनदेखि बढेको सेयर बजार घट्यो

काठमाडौं : चार दिनयता बढेको सेयर बजार बुधबार घटेको छ। नेप्से परिसूचक ९.५४ अंकले घट्दै २०१७.९७ विन्दुमा रह्यो। 

८४ लाख ९० हजार ७२२ कित्ता सेयर ३ अर्ब ७० करोड ३० लाख रुपैयाँमा किनबेच भएको छ। 

मंगलबार नेप्से परिसूचक २८.६२ अंकले बढ्दै २०२७.५१ को विन्दुमा पुग्दा ९८ लाख ५५ हजार २८५ कित्ता सेयर ४ अर्ब ८८ करोड ८५ लाख रुपैयाँमा किनबेच भएको थियो। 

आज १३ उप-समूहमा उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र व्यापारबाहेक सबै घटेका छन्।   

१७१ कम्पनीको सेयर मूल्य घट्दा ६६ कम्पनीको मात्रै बढेको छ। ८ कम्पनीको सेयर मूल्य स्थिर रह्यो।

सर्वाधिक कारोबार हुनेमा पिपुल्स पावर छ। उक्त कम्पनीको ११ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, नेपाल फाइनान्सको १० करोड ९४ लाख, सांग्रिला विकास बैंकको ७ करोड ९८ लाख, सोनापुर मिनरल्सको ७ करोड ८२ लाख र शिवम् सिमेन्टको ७ करोड १६ लाख रुपैयाँको सेयर किनबेच भएको छ। 

घटेको बजारमा पनि दुई लघुवित्तका लगानीकर्ता सेयर मूल्य बढेर सर्किट लाग्दा फाइदामा रहे भने एउटा लघुवित्तको नेगेटिभ सर्किट लागेको छ। उपकार र युनिक नेपाल लघुवित्तको सेयरमा पोजेटिभ सर्किट लागेको हो। यस्तै, सेयर मूल्य घटेर सर्किट लाग्नेमा गुराँस लघुवित्त छ।  

जेठ २, २०८१ बुधबार १६:०१:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।