दिल्लीका मुख्यमन्त्री केजरीवाल अन्तरिम जमानतमा छुट्दै, चुनाव प्रचारपछि आत्मसमर्पण गर्नुपर्ने

दिल्लीका मुख्यमन्त्री केजरीवाल अन्तरिम जमानतमा छुट्दै, चुनाव प्रचारपछि आत्मसमर्पण गर्नुपर्ने

एजेन्सी : भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल लोक सभाको निर्वाचनको अन्तिम चरणसम्म १ जुनसम्म अन्तरिम जमानतमा छुट्ने भएका छन्। 

भारतको सर्वोच्च अदालतले शुक्रबार मुख्यमन्त्री केजरीवाललाई ठूलो राहतमा १ जुनसम्म अन्तरिम जमानत छोड्न आदेश दिएको हो। न्यायाधीशद्वय सञ्जीव खन्ना र दिपङ्कर दत्तको इजलासले दुवै पक्षको सुनुवाइपछि यस्तो आदेश दिएको हो। 

चलिरहेको लोकसभा चुनावलाई ध्यानमा राख्दै अन्तरिम जमानत दिइएकोमा प्रवर्तन निर्देशनालयले भने सर्वोच्चको आदेशप्रति आपत्ति जनाएको छ। उसले चुनावको लागि प्रचार गर्न केजरिवाललाई संवैधानिक अधिकार नभएको बताएको छ। 

जुन १ सम्मको अन्तरिम जमानतको अर्थ मे २५ मा दिल्लीमा मतदान हुँदा केजरीवाल जेलबाट बाहिर हुनेछन्। जुन २ मा केजरीवालले आत्मसमर्पण गर्नुपर्नेछ। उनी मतगणना र नतिजा आएको दिन पुनः जेल जानेछन्। 

केजरीवाललाई अहिले खारेज गरिएको अन्तःशुल्क नीतिसँग जोडिएको मनी लान्ड्रिङ मुद्दामा मार्च २१ मा पक्राउ गरिएको थियो। अन्तरिम जमानतको अर्थ उनी एक महिनापछि तिहाड जेलबाट बाहिरिनेछन्।

२८ बैशाख, २०८१, १५:५९:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।