कांग्रेस संसदीय दलको बैठक नयाँ बानेश्वरमा

कांग्रेस संसदीय दलको बैठक नयाँ बानेश्वरमा
फाइल तस्बिर

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ। बैठक अहिले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा जारी छ।

बैठकमा संघीय संसद्को बजेट अधिवेशनको तयारीका विषयमा छलफल हुने नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

बिहीबार नै दलको बैठक राखेको कांग्रेसले दलका नेता सूर्यमान गुरुङको निधनका कारण अन्तिम समयमा बैठक स्थगित गरिएको थियो।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि नै आरोप लागेपछि कांग्रेसले संसदीय समिति गठन गरी छानविन गर्नुपर्ने माग गर्दै आएको छ। यो अधिवेशनमा समेत सरकारले छानविन समिति गठन नगरे संसद् पूर्णरुपमा ठप्प पार्ने कांग्रेसको चेतावनी छ।

बुधबार बसेको पार्टीका शीर्ष नेताहरूको बैठकले सहकारी ठगी प्रकरणमा थप कडारुपमा प्रस्तुत हुने रणनीति बनाएको थियो। शुक्रबारको बैठकले त्यसबारे निर्णय लिने प्रमुख सचेतक लेखकले बताए।

२८ बैशाख, २०८१, ०८:५२:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।