कोशी : मुख्यमन्त्री कार्कीले लिए सपथ, माओवादी र एमालेका १/१ मन्त्री नियुक्त

कोशी : मुख्यमन्त्री कार्कीले लिए सपथ, माओवादी र एमालेका १/१ मन्त्री नियुक्त

काठमाडौं : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पद तथा गोपनीयताको सपथ लिएका छन्‌। बिहीबार प्रदेश प्रमुख परशुराम खापुङले उनलाई सपथ गराएका हुन्। 

एमाले संसदीय दलका नेता कार्कीलाई बिहीबार नै प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए। उनलाई समर्थन गर्ने ५२ जना सांसदले सनाखत गरेका थिए।

मुख्यमन्त्री कार्कीले आजै मन्त्रिपरिषद् विस्तार गरेका छन्। 

एमालेबाट रामबहादुर मगर र माओवादी केन्द्रबाट गणेश उप्रेती लाई विनाविभागीय मन्त्री नियुक्त गरेका छन्। नव नियुक्त दुवै मन्त्रीहरूले विना विभागीय मन्त्रीको सपथ खाएका छन्। 

यता, यसअघिका मुख्यमन्त्री केदार कार्कीले सरकार गठन प्रक्रिया असंवैधानिक भएको भन्दै बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। 

२७ बैशाख, २०८१, १९:४५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।