५.६३ अंकले बढ्यो नेप्से, होटल तथा पर्यटनको सेयरमा उछाल

५.६३ अंकले बढ्यो नेप्से, होटल तथा पर्यटनको सेयरमा उछाल

काठमाडौं : होटल तथा पर्यटन उप-समूहको सेयर मूल्य बढ्दा साताको अन्तिम कारोबार दिन बिहीबार सेयर परिसूचक बढेको छ। ५.६३ अंकले बढ्दै नेप्से परिसूचक १९६६.२३ विन्दुमा पुगेको छ। कारोबार रकम पनि बढेको छ। 

होटल तथा पर्यटन उप-समूह ६.९६ प्रतिशतले बढ्दा परिसूचकमा सकारात्मक प्रभाव परेको हो। विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, म्युचुअल फण्ड, निर्जीवन बीमा, व्यापार र अन्य उप-समूह बढेका छन्। घट्नेमा जीवन बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त उप-समूह छन्। 

७० लाख ५८ हजार ३९९ कित्ता सेयर ३ अर्ब १२ करोड १२ लाख रुपैयाँमा किनबेच भएको छ। ११५ कम्पनीको सेयर मूल्य बढेको छ भने ११५ कम्पनीकै घटेको छ। १४ कम्पनीको सेयर मूल्य स्थिर रह्यो। 

दुई दिन लगातार दोहोरो अंकले घटेर लगानीकर्तालाई निराश पारेको सेयर बजारमा मंगलबार सामान्य सुधार थियो। बुधबार बजार ०.२१ अंकले घट्दै बजार परिसूचक १९६०.६० विन्दुमा बन्द हुँदा  कारोबार रकम २ अर्ब ५४ करोड ७० लाख रुपैयाँ थियो। मंगलबार २ अर्ब १४ करोड ५ लाख रुपैयाँमा कारोबार भएको थियो। 

सर्वाधिक कारोबार हुने कम्पनीमा पहिलो नम्बरमा नेपाल फाइनान्स छ। उक्त फाइनान्सको १६ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ। दोस्रोमा सोल्टी होटलको १४ करोड ४७ लाख, फस्ट माइक्रोफाइनान्सको ९ करोड ६६ लाख, पोखरा फाइनान्सको ९ करोड ५९ लाख र हिमालयन डिस्टिलरीको ७ करोड ३१ लाखको सेयर कारोबार भएको छ।

सेयर मूल्य बढ्ने कम्पनीमा होल समूहको वर्चश्व छ। ओरिएन्टल होटल, सिटी, सोल्टी र तारागाउँ रिजेन्सी होटल लिमिटेडको सेयर मूल्य बढेको छ। 

सेयर मूल्य घट्नेमा सर्वाधिक आज पनि कुमारी सबल योजनाका लगानीकर्ताले गुमाएका छन्। सबैको लघुवित्त, वीन नेपाल लघुवित्त, साधना लघुवित्त, मनकामना स्मार्ट लघुवित्त लगायतको सेयर मूल्य घटेको छ।

२७ बैशाख, २०८१, १६:०७:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।