चन्द्र ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्ड

चन्द्र ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्ड

काठमाडौं : नेपाल चाटर्ड एकाउन्टेन्ट संघले उद्योग वाणिज्य महासंघ नेपालका अध्यक्ष चन्द्र प्रसाद ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको छ।

ढकाललाई बिहीबार एक कार्यक्रमका बीच राष्ट्रपति रामचन्द्र पौडेलले सम्मानपत्रसहित खादा लगाएर सम्मान गरेका हुन्।

बिहीबार काठमाडौंमा आयोजित भेषमा आर्थिक सम्भावना बढाउन संकट सम्बन्धी राष्ट्रिय सम्मेलनमा अध्यक्ष ढकाललाई देशको अर्थतन्त्र, रोजगारी सिर्जना, सामाजिक, आर्थिक विकासमा पुर्याएको योगदानको कदर गर्दै उक्त सम्मानबाट सम्मानित गरिएको हो।

सम्मान ग्रहणपछि अध्यक्ष ढकालले राष्ट्रपतिबाट सम्मान लिने अवसर पाउँदा भावुक भएको बताए। उनले उक्त सम्मानले भविष्यमा अफ आफूलाई थप जिम्मेवार बनाउने प्रतिक्रिया दिए।

२७ बैशाख, २०८१, १३:५०:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।