इरानी फिल्म निर्देशक रसूलोफलाई आठ वर्षको जेल सजाय, कोर्रा हान्न र सम्पत्ति जफत गर्न आदेश

इरानी फिल्म निर्देशक रसूलोफलाई आठ वर्षको जेल सजाय, कोर्रा हान्न र सम्पत्ति जफत गर्न आदेश

काठमाडौं : इरानी निर्देशक मोहम्मद रसूलोफलाई त्यहाँको अदालतले आठ वर्षको जेल सजाय सुनाएको छ। जेल सजायसँगै उनलाई जरिवाना, सम्पत्ति जफत गरेर कोर्रा हान्नसमेत आदेश दिइएको छ।

रसूलोफको सार्वजनिक अभिव्यक्ति, उनका फिल्म र वृत्तचित्रले देशको सुरक्षाविरुद्ध अपराध गर्ने उद्देश्य अनुरुप रहेको कारण जनाउँदै अदालतले यस्तो आदेश दिएको रसूलोफका वकिल बाबाक पकनियाले जानकारी दिए।

पकनियाका अनुसार अदालतको फैसला इस्लामिक रिवोल्यूशन कोर्टको २९औं शाखाद्वारा जारी गरिएको थियो। आइना कोर्ट अफ अपिल्सको ३६ शाखाले यसको पुष्टि गरेको थियो।

‘कान फिल्म फेस्टिभल’मा रसूलोफको नयाँ फिचर फिल्म ‘सीड अफ द सेक्रेड फिग ट्री’को प्रिमियर हुँदै थियो। उक्त फिल्म फेस्टिभलको केही दिनअघि इरानी अदालतको यस्तो फैसला आएको हो।

रसूलोफ इरानी फिल्म उद्योगमा तेहरानका कट्टर शासनको सबैभन्दा कडा आलोचकमध्ये एक हुन्। उनलाई सन् २०२२ जुलाइमा ‘लोकप्रिय विरोध प्रदर्शन’को सम्बन्धमा सुरक्षा बलसँग संयम अपनाउने माग गर्ने एक निवेदनमा हस्ताक्षर गरिएको आरोपमा पक्राउ गरिएको थियो।

२०२३ को फेब्रुअरीमा उनलाई स्वास्थ्य अवस्थाका कारण अस्थायी रूपमा रिहा गरिएको थियो। सोही समयदेखि उनी घरमै नजरबन्द थिए। गत वर्ष ‘कान्स’मा उनलाई आफ्नो अन सर्टेन रिगार्ड जुरीमा काम गर्नका लागि निमन्त्रणा गरिएको थियो। तर, उनलाई इरान सरकारले त्यहाँ जान अनुमति दिएन।

२७ बैशाख, २०८१, १०:४१:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।